In Hashpokhari area we have one community forest "Shree hashpokhari Majhuwa community forest".It have 463.85 hector area. It is registered at Deistic Forest Office Ilam. Our motto is to save the forest and flora and fauna too. In future we product good Oxygen and Carbon.Water is also very important part of life so if we save forest its also benefit for water resource.
श्री हाँसपोखरी मझुवा सामुदायिक वन
प्राकृतिक सम्पदाहरु मध्ये वन जङ्गल एउटा महत्वपूर्ण सम्पदा हो । वनको दीगो व्यवस्थापनमा अधिकार विकेन्द्रीकरण, निर्णय प्रकृयामा जनसहभागिता र वन पैदावरको दीगो र न्यायोचित वितरण तथा सामाजिक न्यायको सिद्धान्तलाई व्यवहारिक रुपमा आत्मसात गर्दै नेपालमा दीर्घकालीन सामुदायिक वन विकास कार्यक्रमको परिकल्पना २१ वर्षीय वन विकास गुरुयोजना २०४६ ले गरेको हो । सो गुरुयोजनाको मर्म अनुसार बनेको वन ऐन २०४९ र वन नियमावली २०५१ ले सामुदायिक वन व्यवस्थापन गर्न पाउने उपभोक्ताहरुको अधिकारलाई स्थापित गरेको छ । वन ऐन २०४९ ले दिएको उक्त अधिकारको पालना गर्दै यस अन्र्तगत बनेका नीति, यसको संशोधन तथा वन नियमावली २०५१ को अधिनमा रही सदा सर्वदा सामूहिक हितको लागि वन स्रोतको प्रभावकारी एवं दिगो विकास र व्यवस्थापन गर्ने मुख्य अभिप्रायले यो सामुदायिक वन उपभोक्ता समूह गठन गरी वनको दिगो वैज्ञानिक व्यवस्थापन गर्ने लक्ष्य राख्दै सामुदायिक वन दर्ता गर्न लागिएको हो । सामुदायिक वन विकास कार्यक्रमले परिलक्षित गरेको एउटा अविछिन्न, उत्तराधिकारवाला, स्वशासित र संगठित सामुदायिक वन उपभोक्ता समूहको अवधारणा अनुसार एक सवल संस्थाको रुपमा सञ्चालन गरी वनको दिगो व्यवस्थापनमा उल्लेखनीय टेवा पुर्याउने अभिप्रायले यो संशोधित विधान तयार पारिएको छ । यो समूहले धर्म, राजनीतिक आस्था, क्षेत्रीयता, जातियता, लैिङ्गकता आदि जस्ता कुराको आधारमा कुनै पनि भेदभाव गर्ने छैन । वन सम्पदाको व्यवस्थापनमा सम्पूर्ण उपभोक्ताहरुले समान र न्यायोचित रुपमा सहभागी हुन पाउने अधिकारको प्राप्तिका लागि यो समूह सदैव सचेत र प्रतिवद्ध रहने छ ।

No comments:
Post a Comment