Saturday, March 11, 2017

तोक्यो जिल्ला समन्वय समितिले अधिकृत


तोक्यो जिल्ला समन्वय समितिले अधिकृत

इलाम, २८ फागुुन देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारबाट खारेज भएसंगै इलाममा नयाँ स्थानिय संरचना अनुसार चार नगरपालिका र ६ वटा गाउँपालिका कायम भएको छ । कायम भएको गाउँपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत तोकिएको छ । जिल्ला समन्वय समितिको कार्यालय साविकको जिल्ला बिकास समितिले स्थानीय तह गठन ब्यबस्थामा जिल्लाका ६ वटै गाउँपालिका र माई नगरपालिकामा कार्यकारी अधिकृत तोकेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा शुक्रबार सदरमुकाममा बसेको बैठकमा साविकका गाविस सचिब, बिषयगत कार्यालयका प्रमुख र कर्मचारीको उपस्थितीमा कार्यकारी अधिकृत तोकेको हो । उनीहरुलाई अर्को ब्यबस्था नभइन्जेलसम्म तत्कालका लागि जिम्मेवारी सहित कार्यकारी अधिकृत तोकेको स्थानीय बिकास अधिकारी ध्रुबबहादुर खड्काले बताए ।
जसअनुरुप माइ नगरपालिकाको लागि साविकको दानाबारी गाविसका सचिब डिल्लिराम सुबेदिलाई कार्यकारी अधिकृतको जिम्मोवारि तोकेको छ । यस्तै सन्दकपुर गाउँपालिकाका लागि लक्ष्मि श्रेष्ठ, रोङ गाउँपालिकाका लागि नेत्रप्रसाद पोख्रेल, माङसेबुङ गाउँपालिकाका लागि लक्ष्मण ढुङगेल, माइजोगमाई गाउँपालिकाका लागि मानबहादुर पौडेल, चुलाचुली गाउँपालिकाका लागि गोविन्द सुबेदी र फाकफोकथुम गाउँपालिकाको लागि कुमार राईलाई कार्यकारी अधिकृत तोकेको छ ।
सरकारले शुक्रबारबाट पुराना संरचनाको ठाउँमा ७ सय ४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा ल्याएको हो । सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७ सय ४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । यस्तै सरकारले तत्कालका लागि देशभरका सबै गाउँपालिकामा तत्कालका निम्ति प्रति गाउँपालिका एक करोड रुपैंयाँ बजेट उपलब्ध गराउने भएको छ ।
विनय तिम्सीना, इलाम
Copy chiyabari.com

No comments:

Post a Comment