Monday, May 8, 2017

बाबुको धरोहर पछ्याउदै ।

पुरन राई, हाँसपोखरी ईलाम । 
कुशल राईको डेब्यु गीत भर्खरै रिलिज भएको छ, प्रदिप निरौलाको शब्द-संगीत रहेको “मनै त हो” बोलको गीतको भिडियोमा चर्चित नृत्य समूह भिमफेदी गाइजको साथ रहेको छ ।
एक अन्तर्मुखी युवकको एक सुन्दर युवतीप्रतिको आकर्षणको कथा बुनेर बनाइएको यस भिडियोमा युवकको भूमिकामा सुजन राईले गरेका छन् भने युवतीको अभिनय अन्जना तामाङले गरेकी छिन् । कथाले मागेको अभिनय दुवैले राम्रोसँग निभाएका छन् भने द मोन्टाज ग्रुपको क्यामेरा र एडिट चुस्त छ । निर्देशक निर्मल लामाले भिमफेदी समूहका कलाकारहरुलाई उचित संयोजन गर्नुको साथै गायकलाई पनि बी- बीचमा
देखापर्ने ठाउँ बनाएका छन् ।

लोकपप फ्लेभरको यस गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन भने रेकर्डिङ सुमन खड्काले र साउन्ड मिक्सिङ सुन्दर लामाले गरेका छन् ।
गायक कुशलको स्वर मिठासपूर्ण सुनिन्छ भने उनमा अझै धेरै संभावना रहेको बुझ्न सकिन्छ । उनले २-४ गीत पहिल्यै रेकर्डिङ गरिसकेका भए पनि यो उनको पहिलो सार्वजनिक रिलिज हो । रेडियो नेपालद्वारा आयोजना गरिएको जागरण गीत प्रतियोगितामा गत साल प्रथम पुरस्कार जितिसकेका का कुशल राई वरिष्ठ गायक कुबेर राईका छोरा हुन् । अङ्ग्रेजी साहित्यमा मास्टर्स गरेका कुशलले गाएरै मात्रै गुजारा चल्न नसक्ने कुरा राम्रोसँग बुझेका छन्, तर विरासतमा पाई आएको संगीतलाई उनले माया मार्न सक्ने देखिन्न ।

सङ्स नेपालको च्यानलमा रिलिज भएको दिनै २५ हजार भिउ कटिसकेको नृत्य ,अभिनय र हाँसो मिश्रित यो मीठो गीत सुपर हिट हुने पक्का छ तर त्यसले गायक र कलाकारहरुलाई कति माइलेज दिन्छ त्यो महत्त्वपूर्ण विषय हो ।

                               

                              

No comments:

Post a Comment