Monday, May 8, 2017

बाबुको धरोहर पछ्याउदै ।

पुरन राई, हाँसपोखरी ईलाम । 
कुशल राईको डेब्यु गीत भर्खरै रिलिज भएको छ, प्रदिप निरौलाको शब्द-संगीत रहेको “मनै त हो” बोलको गीतको भिडियोमा चर्चित नृत्य समूह भिमफेदी गाइजको साथ रहेको छ ।
एक अन्तर्मुखी युवकको एक सुन्दर युवतीप्रतिको आकर्षणको कथा बुनेर बनाइएको यस भिडियोमा युवकको भूमिकामा सुजन राईले गरेका छन् भने युवतीको अभिनय अन्जना तामाङले गरेकी छिन् । कथाले मागेको अभिनय दुवैले राम्रोसँग निभाएका छन् भने द मोन्टाज ग्रुपको क्यामेरा र एडिट चुस्त छ । निर्देशक निर्मल लामाले भिमफेदी समूहका कलाकारहरुलाई उचित संयोजन गर्नुको साथै गायकलाई पनि बी- बीचमा
देखापर्ने ठाउँ बनाएका छन् ।

लोकपप फ्लेभरको यस गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन भने रेकर्डिङ सुमन खड्काले र साउन्ड मिक्सिङ सुन्दर लामाले गरेका छन् ।
गायक कुशलको स्वर मिठासपूर्ण सुनिन्छ भने उनमा अझै धेरै संभावना रहेको बुझ्न सकिन्छ । उनले २-४ गीत पहिल्यै रेकर्डिङ गरिसकेका भए पनि यो उनको पहिलो सार्वजनिक रिलिज हो । रेडियो नेपालद्वारा आयोजना गरिएको जागरण गीत प्रतियोगितामा गत साल प्रथम पुरस्कार जितिसकेका का कुशल राई वरिष्ठ गायक कुबेर राईका छोरा हुन् । अङ्ग्रेजी साहित्यमा मास्टर्स गरेका कुशलले गाएरै मात्रै गुजारा चल्न नसक्ने कुरा राम्रोसँग बुझेका छन्, तर विरासतमा पाई आएको संगीतलाई उनले माया मार्न सक्ने देखिन्न ।

सङ्स नेपालको च्यानलमा रिलिज भएको दिनै २५ हजार भिउ कटिसकेको नृत्य ,अभिनय र हाँसो मिश्रित यो मीठो गीत सुपर हिट हुने पक्का छ तर त्यसले गायक र कलाकारहरुलाई कति माइलेज दिन्छ त्यो महत्त्वपूर्ण विषय हो ।

                               

                              

Saturday, March 11, 2017

तोक्यो जिल्ला समन्वय समितिले अधिकृत


तोक्यो जिल्ला समन्वय समितिले अधिकृत

इलाम, २८ फागुुन देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारबाट खारेज भएसंगै इलाममा नयाँ स्थानिय संरचना अनुसार चार नगरपालिका र ६ वटा गाउँपालिका कायम भएको छ । कायम भएको गाउँपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत तोकिएको छ । जिल्ला समन्वय समितिको कार्यालय साविकको जिल्ला बिकास समितिले स्थानीय तह गठन ब्यबस्थामा जिल्लाका ६ वटै गाउँपालिका र माई नगरपालिकामा कार्यकारी अधिकृत तोकेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा शुक्रबार सदरमुकाममा बसेको बैठकमा साविकका गाविस सचिब, बिषयगत कार्यालयका प्रमुख र कर्मचारीको उपस्थितीमा कार्यकारी अधिकृत तोकेको हो । उनीहरुलाई अर्को ब्यबस्था नभइन्जेलसम्म तत्कालका लागि जिम्मेवारी सहित कार्यकारी अधिकृत तोकेको स्थानीय बिकास अधिकारी ध्रुबबहादुर खड्काले बताए ।
जसअनुरुप माइ नगरपालिकाको लागि साविकको दानाबारी गाविसका सचिब डिल्लिराम सुबेदिलाई कार्यकारी अधिकृतको जिम्मोवारि तोकेको छ । यस्तै सन्दकपुर गाउँपालिकाका लागि लक्ष्मि श्रेष्ठ, रोङ गाउँपालिकाका लागि नेत्रप्रसाद पोख्रेल, माङसेबुङ गाउँपालिकाका लागि लक्ष्मण ढुङगेल, माइजोगमाई गाउँपालिकाका लागि मानबहादुर पौडेल, चुलाचुली गाउँपालिकाका लागि गोविन्द सुबेदी र फाकफोकथुम गाउँपालिकाको लागि कुमार राईलाई कार्यकारी अधिकृत तोकेको छ ।
सरकारले शुक्रबारबाट पुराना संरचनाको ठाउँमा ७ सय ४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा ल्याएको हो । सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७ सय ४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । यस्तै सरकारले तत्कालका लागि देशभरका सबै गाउँपालिकामा तत्कालका निम्ति प्रति गाउँपालिका एक करोड रुपैंयाँ बजेट उपलब्ध गराउने भएको छ ।
विनय तिम्सीना, इलाम
Copy chiyabari.com

Sunday, August 30, 2015

पर्यटनीय नगरि हाँसपोखरी


मनोज अर्याल

प्राकृतिक सम्पदाहरुले भरिभराउ हाम्रो देश,नपुग र अपुग काहिँ केही छैन।अटल हिमालयन पर्वतहरु,सुन्दर पहाडीय वस्तिहरु अनि रहर लाग्दा तराईका फाँटहरुले सुसज्जित र संयोजित देश हो नेपाल।जहाँ बुहजाति,बहुभाषिक  तथा बहुसांस्कृतिक अनेकतामा एकता नै हाम्रो देशको मूल चिनारी हो।पर्यटकीय सन्दर्भमा कुरा गर्दा संसारमा नै नेपाल नमुना देश बन्न सक्छ,हाम्रो देशको यो पनि एउटा विशेषता हो कि विश्वको अधिकतम प्रकृतिप्रेमिहरु एक पटक नेपाल घुम्न चाहान्छन्। साच्चिकै नेपाल पर्यटकीय दृश्टिले अत्यन्तै सम्भावना बोकेको देश हो। तिनै सम्भावनाको प्रतिकको रुपमा स्थापित प्रकृतिक क्षेत्रहरु मध्य कुनै एक क्षेत्रको चर्चा,सम्भावना र चुनौतीहरुलाई विश्लेषण गर्दै छु।
जुन नेपालको सुदुरपूर्वीय क्षेत्रमा अवस्थित छ। पुर्व पश्चिम राजमार्गलाई केन्द्र बिन्दु बनाई झापाको चारआलिबाट सुरुभई मेचि राजमार्ग अन्तर्गत चारआलि देखि करिव ३० कि.म. यात्रा तय गरे पश्चात् सन्दर्भमा उल्लेखित उक्त प्रकृतिक क्षेत्रको नमुना देख्न र टेक्न  सक्छौ।  जुन ठाउँलाई हामिले हाँसपोखरी नामले चिन्न सक्छौं । धार्मिक धरोहरको  अत्यन्तै आस्थाको प्रतीक पाथिभरा मन्दिरको काखैमा रहेको यस् हाँसपोखरी क्षेत्रको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्त्व परापुर्वक काल देखि नै रहि आएको ईतिहास पढ्न र सुन्न पाईन्छ।जुन क्षेत्रलाई आज स्थानियवासि बुद्धिजीवी र युवाहरुको अग्रसरतामा जिल्लाको मात्र नभई मुलुकको नै पर्यटकिय नगरि क्षेत्र बनाउन क्रियाशिल छन्।
ईलाम जिल्ला ईरौटार गाविसमा वार्ड न.४ मा अवस्थित हाँसपोखरी समुन्द्री सतह देखि करिब १५९५ मि. को उचाईमा रहेको छ भने त्यस्तै क्षेत्रफलको हिसाबले ०.१५ हेक्टरमा फैलिएको छ। यस पोखरिको नामकरण हाँसपोखरी कसरी रहन गयो भन्ने एकिन नभएता पनि विभिन्न ऐतिहासिक तथा पुरातात्त्विक  धार्मिक महत्त्व सहितको पहिचानले हाल सम्म पनि परिचित छ हाँसपोखरि। करिब २५० बर्ष लामो ईतिहास बोकेको  हाँसपोखरिको नमाकरण त्यहाँ एउटा सानो पोखरी थियो,त्यसै पोखरिलाई आश्रय बनाई दुई वटा सेता हाँसहरु बस्ने गर्दथे,पोखरिको सरसफाई पनि तिनै हाँसहरुले गर्दथे जब ती हाँसहरु त्यहाँबाट विलय भए तब पोखरीलाई हाँसको उपमा दिईएको भन्ने विभिन्न किम्वदन्तिहरुमा उल्लेखित भएको पाईन्छ। त्यस्तै छेउमा सिद्धदेविको मन्दिर छ जहाँ पाथिभरा मन्दिरको दर्शन गर्न आउने प्रत्येक दर्शनार्थी भत्तजनहरु सिद्ध देविको दर्शन गरे पश्चात् मात्र पाथिभराको दर्शन गर्न जाने गर्दछन ।उक्त सिद्ध देविको मन्दिर भित्र एउटा शिलामा हाँसको आकृति अझै पनि त्यहाँ सुसज्जित छ,सायद त्यो कारण पनि पोखरीलाई हाँसको उपमा दिई हाँसपोखरी नाम राखिएको भन्ने धार्मिक विश्वास रहि आएको छ पाईन्छ।
हाँसपोखरीलाई आज नेपालको नै मुख्य  पर्यटकिय क्षेत्रको रुपमा बिकास गरि आन्तरिक र बाह्य पर्यटकहरुको प्रमुख गन्तव्य स्थल बनाउनको निमित्त अहोरात्र क्रियाशील भई लागि परि राखेको छन स्थानियवासि विशेष गरि युवा बर्ग। किनभने पर्यटनिय दृश्टिले यहाँ अधिक संभावनाहरु लुकेको छ। संसारबाट लोपोन्मुखमा रहेको विभिन्न जातको वनस्पति तथा प्राणिहरुको संरक्षण गरिने उदेश्य राखिएको छ ।जस्तै धेरै प्रकारको सुनाखरि,हरियो जातको भ्यागुतो,दुर्लभ पानी छेपारो लगायत विभिन्न जातको जडिबुटी आदि यहाको मुख्य बिशेशता हुन् ।लोपोन्मुख अवस्थामा रहेको बनस्पति,जडिबुटी र प्राणिहरुको लागि हावापानी पनि एकदमै अनुकुलको पाईन्छ।
आज हरेकदिन  वनजङ्गल नाश हुँदै छन,ब्यक्तिगत स्वार्थ पुर्तिको निमित दिनानुदिन हरियो वनहरु ढालिन्दै गर्दा भोलिको दिनमा हामिलाई ठुलो संकट परि मानव अस्थित्व नै धरापमा पर्ने सम्भावना छ।किनभने मानिसलाई बाच्नको लागि सबैभन्दा पहिले अक्सिजनको आवश्यकता पर्दछ जुन वनजंगलबाट नै प्राप्त हुन्छ।यस्तो बिबिध भोलिको सम्भावित चुनौति नआओस भनेर हाँसपोखरी आसपासको मानिसहरु वनजंगल जोगाई वृक्षारोपण कार्यमा पनि क्रियाशील छन। क्षेत्रिय पर्यटन बिकासको क्षेत्रमा राज्यबाट छुट्टिने बजेटको मध्ये मेची पहाडी पर्यटन प्रबर्धन बिकास सस्था  मार्फत दस लाख बजेट निकासी गरि पोखरिको भौतिक पुर्वाधारमा काम भई राखेको छ साथै जिविस बाट विनियोजित दस लाख रुपैयाले सुनखरी घर को निर्माण कार्य भईरहेको छ।
श्री हाँसपोखरी सिद्धदेवि संरक्षण संस्थाको नेतृत्व श्री तिलमान राई ज्यु,हाँसपोखरी संरक्षण तथा पुन:निर्माण समतिका अध्यक्ष श्री योगेश राई ज्यु तथा सुनाखरि हाउसको अध्यक्ष श्री पुस्प राई ज्युको नेतृत्व तथा पाथीभरा संरक्षण समिति,श्री हाँसपोखरी मझुवा  सामुदायिक वन उपभोक्ता समिति लगायतको अन्य स्थानिय समितिको एकता र एकआपसमा सरसहयोग मार्फत हाँसपोखरिलाई भौतिक पुन:निर्माण,जल,जमिन र जंगलको उपभोग र संरक्षणमा विशेष सकारात्मक प्रगतिहरु भई राखेको छ।
यस क्षेत्रका एक युवा पुरन राई भन्नुहुन्छ "हरेक क्षेत्रमा केही न केही चुनौती अवस्य हुन्छ,जुन हिसाबले हाँसपोखरिलाई एउटा नमुना पर्यटकिय क्षेत्र र धार्मिक आस्थाको रुपमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना तथा उदेश्यप्राप्तिका लागि पनि केही चुनौति अवश्य चिर्नु पर्ने छ। प्याराग्लाईडिङ्ग्,हाइकिङ्ग्,वन अध्धयन जस्ता अन्य पर्यटकिय क्षेत्रहरुलाई विस्तार गरी आफ्नै गाउँ ठाउलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरि स्थानियवासिहरुको आर्थिक जिवनस्तर माथि उकास्ने हाम्रो योजना हो ।"
जल,जमिन र जंगलको आवश्यक उपभोग र संरक्षण गरिए मात्र हामिले पोखरी जोगाउन सक्छौ,प्राणीहरुलाई बचाउन सक्छौ र हामी स्वयं बाच्न सक्छौ।यति कुरा थाहा हुदाहुदै पनि ब्यक्तिगत स्वार्थ र आवश्यकतालाई मात्र माथिल्लो एकाईमा राखि प्राकृतिक स्रोत साधनको अनावश्यक उपभोग तर न्यून संरक्षण पनि एक चुनौतीको रुपमा खडा हुन सक्छ यस् क्षेत्रको लागि। सकारात्मक कामले आफ्नो घर गाउँ र सिङ्गै समाजको दिर्घकालिन बिकास गर्ने कुरा सबै मानिसहरुलाई बुझाउन कठिन छ।अशिक्षित समाज पनि यस्को कारक तत्व बन्न सक्छ।हामिले दिर्घकालिन उपलब्धि हासिल गर्ने उदेश्यका साथ काम गर्दै गर्दा अल्पकालीन आर्थिक संकट पनि झेल्नु पर्छ।जस्तै हामिले हाँसपोखरि कै सन्दर्भमा कुरा गर्दा पर्यटन बिकासको छुट्टिने गरेको बजेटको सानो अंशले गर्नु पर्ने धेरै छन।पोखरिको भौतिक पुर्वाधार,पोखरि आसपासको क्षेत्रमा वृक्षरोपण आदि जस्ता कामहरु सम्पन्न गर्न सानो बजेट अपुग हुन जान्छ।
सिमित स्रोत र साधनले गर्नु पर्ने असिमित कार्यहरु छन। हाँसपोखरिको पुननिर्माण तथा अन्य विविध कामहरु जस्तै विभिन्न जातको सुनाखरि संकलन र संरक्षण गर्ने,अन्य लोपोन्मुख प्राणिहरुको अस्थित्व कसरी बचाई राख्ने त्यस्तै यस क्षेत्रलाई पर्यटनको क्षेत्रमा अगाडि ल्यउदै गर्दा प्रचार तथा प्रसार कसरी गर्ने। यी र यस्ता धेरै चुनौतिहरुलाई आत्मसात गर्दै बन्दै छ धार्मिक आस्थाको रुपमा रहेको पाथिभरा देविको काखैमा एउटा सुन्दर नगरि हाँसपोखरि।
हामिले हाम्रो देशको एउटा सुन्दर नगरि बनाउदै गर्दा यो भुल्नु हुदैन कि हामी स्रिप एउटा गाउँ बनाउदै छौ,मात्र निश्चित मानिसको जीवन स्तर मात्र उकास्दै छौ।किनभने यसरी नै सबै क्षेत्रको मानिस लागि परि आफ्नो ठाउँ आफै बनाउनु पर्ने आवश्यकता देखिन्छ ।भाग्यवस हामी सुन्दर धर्तिमा जन्मिन पाएका छौ,बिहान उठ्ने बित्तिकै चम्किलो हिमाल टलक्क टल्किन्छ,पहाडको मजेरिबाट बिहानि न्यानो घामको किरणहरु झुल्किन्दै गर्दा मनमा एक किसिमको शान्ति मिल्ने छ।तराईको वस्तिहरुलाइ न्यानोपनको आभास हुनेछ। प्रकृतिले दिएको हरेक बहुमुल्य उपहारहरु हामिसँग नै छन सबैथोक मात्र काहीँ चिन्न जानेनौ त काहीँ जोगाउन।हामिले प्रकृतिलाई सधै पुजा गर्नुपर्छ किनभने हामी जे छौ,हामी माझ जे छ सबै प्रकृतिको नै वरदान हो।हामी पहाड भनेर घृणा गर्छौ तर स्वीजरल्याण्डका मानिसहरु पाहाड भएको लै नै गर्व गर्छन।हामिले पहाडलाई चिन्न सकेनौ,हिमालसँग नाता गास्न जानेनौ र तराईसँग सम्बन्ध बढाउन मानेनौ तर उनिहरुले पहाड चिन्न सके र चिर्न पनि सके अनि विश्वको सुन्दर प्राकृतिक देश कहलिन सके।हामीसँग त प्रकृतिले दिएको सब सबथोक छ मात्र चिन्न र संरक्षण गर्न सिकौ र सिकाउ हामी सबैको कल्याण हुनेछ।

 (लेखक  हाल मलेशियामा हुनुहुन्छ।)

Sunday, August 23, 2015

हाँस पोखरीको पुनः निर्माण शुरु

हाँस पोखरीको पुनः निर्माण शुरु । इलामको पर्यटकीय स्थल कोल्बुङमा रहेको हाँसपोखरीको पुननिर्माण कार्य सुरु भएको छ । हाँसपोखरी सिद्धदेवी संरक्षण संस्थाले मेची पहाडी पर्यटन विकास समितिको सहयोगमा पोखरीको पुननिर्माण कार्य भइरहेको हो । यस अघि पनि पुननिर्माण गरिएको पोखरीमा पानी नअडिएपछि पुनः निर्माण थालिएको निर्माण समितिका सदस्य योगश चाम्लिङले बताए । पोखरीको तल्लो सतहमा चिम्टाइलो माटो लगाएर रोलरले माटो थिचेपछि प्लास्टिक सर्जरी गरी पानी अड्याउने योजना रहेको राईले बताए । सर्जरी अनुसार चिम्टाइलो माटो माथी प्लास्टिक बिच्छाइने र त्यसमाथी पुन चिम्टाइलो माटो राखेर बर्खाको पानी संकलन गरेर राख्ने योजना बनाइएको छ । पोखरी पुननिर्माणको लागि १२ लाख रुपैंयाँ खर्च हुने र त्यसको लागि पर्यटन कार्यालय बाट १० लाख र स्थानीय बाट २ लाख रुपैयाँ नगद संकलन गरिएको निर्माण समितिका अध्यक्ष तिलमान राईले बताए । पोखरीको निर्माण भएपछि त्यसको वरिपरि बोटानिकल गार्डेन निर्माण गरिने पनि राइले बताए । वोटानिकल गार्डेनको लागि वनस्पति विभागबाट सहयोगको आश्वासन प्राप्त भएको पनि बताइएको छ ।

Friday, August 21, 2015

Majhuwa village of Irountar VDC



Majhuwa village is located at Ilam district Irountar VDC ward No. 4.This village have another small village is Dhodeni. This village have total 114 houses with most of Rai casts. Here is also Magar, Sunuwar(Mukhiya), Bhujel, Shrestha, Sherpa, Tamang and Lepcha casts. In majhuwa we have one primary school “Shree Ball Kanya Pra. Vi.”. In this village have a one community forest “Shree Hashpokhari Majhuwa community forest” it have 463.84 hector area. This village have lots of water resources. Thimai Khola, Bhale Chhaga, Bhalu khop are the rivers of this village.

Mostly all villagers are farmer. They products lot of cash crops. Mainly they products zinger(Aaduwa), Olan(Milk), Amliso, Aalaichi and vegetable (Tomato, Radices  ect...). This village is rich on Rai culture. We  save our culture for future.


Thursday, August 20, 2015

Shree hashpokhari Majhuwa community forest

In Hashpokhari area we have one community forest "Shree hashpokhari Majhuwa community forest".It have 463.85 hector area. It is registered at Deistic Forest Office Ilam. Our motto is to save the forest and flora and fauna too. In future we product good Oxygen and Carbon.Water is also very important part of life so if we save forest its also benefit for water resource.

                श्री हाँसपोखरी मझुवा सामुदायिक वन    



  प्राकृतिक सम्पदाहरु मध्ये वन जङ्गल एउटा महत्वपूर्ण सम्पदा हो । वनको दीगो व्यवस्थापनमा अधिकार विकेन्द्रीकरण, निर्णय प्रकृयामा जनसहभागिता र वन पैदावरको दीगो र न्यायोचित वितरण तथा सामाजिक न्यायको सिद्धान्तलाई व्यवहारिक रुपमा आत्मसात गर्दै नेपालमा दीर्घकालीन सामुदायिक वन विकास कार्यक्रमको परिकल्पना २१ वर्षीय वन विकास गुरुयोजना २०४६ ले गरेको हो । सो गुरुयोजनाको मर्म अनुसार बनेको वन ऐन २०४९ र वन नियमावली २०५१ ले सामुदायिक वन व्यवस्थापन गर्न पाउने उपभोक्ताहरुको अधिकारलाई स्थापित गरेको छ । वन ऐन २०४९ ले दिएको उक्त अधिकारको पालना गर्दै यस अन्र्तगत बनेका नीति, यसको संशोधन तथा वन नियमावली २०५१ को अधिनमा रही सदा सर्वदा सामूहिक हितको लागि वन स्रोतको प्रभावकारी एवं दिगो विकास र व्यवस्थापन गर्ने मुख्य अभिप्रायले यो सामुदायिक वन उपभोक्ता समूह गठन गरी वनको दिगो वैज्ञानिक व्यवस्थापन गर्ने लक्ष्य राख्दै सामुदायिक वन दर्ता गर्न लागिएको हो । सामुदायिक वन विकास कार्यक्रमले परिलक्षित गरेको एउटा अविछिन्न, उत्तराधिकारवाला, स्वशासित र संगठित सामुदायिक वन उपभोक्ता समूहको अवधारणा अनुसार एक सवल संस्थाको रुपमा सञ्चालन गरी वनको दिगो व्यवस्थापनमा उल्लेखनीय टेवा पुर्‍याउने अभिप्रायले यो संशोधित विधान तयार पारिएको छ । यो समूहले धर्म, राजनीतिक आस्था, क्षेत्रीयता, जातियता, लैिङ्गकता आदि जस्ता कुराको आधारमा कुनै पनि भेदभाव गर्ने छैन । वन सम्पदाको व्यवस्थापनमा सम्पूर्ण उपभोक्ताहरुले समान र न्यायोचित रुपमा सहभागी हुन पाउने अधिकारको प्राप्तिका लागि यो समूह सदैव सचेत र प्रतिवद्ध रहने छ ।

Wednesday, August 19, 2015

Introduction of Ilam district

Ilam is called “Hill Queen”. It is the most beautiful district in the east of Nepal. It covers with high hills, low land and green forests. There are 48 VDCs with various special features like sunrise, sunset, mountain view, cash crops….. Ilam borders to Darjeeling, India. There are the pleasant climate whole the year. Ilam is rich in its own diversity, natural landscape, good sanitation and agriculture, it has made its own identify by producing the crops. It is widely famous for 7 major cash crops as potato big cardamom, ginger, round chilly, milk, tea; broom etc. Ilam is a multiracial, multi-cultural, multi-linguistics, multi-religious place. A wide range of ethnic-people with their typical customs, traditions and cultural heritages live here, Lepchas are supposed to be the native lenders of Ilam and others Limbus, Rais and many others.